नेभिगेशन
मुख्य समाचार

पूर्वराजालाई बालेनले तिराए जरिवाना, ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाइयो(सबै पत्रसहित )

काठमाडौँ । तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै काठमाडौँ महानपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवान तिर्न ८ वटा पत्र पठाएको छ ।  

 शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्याङकन गरि ८ वटा फरक-फरक पत्रमा जरिवाना रकम उल्लेख गरि   ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनाएको छ । 

महानगरले वडा न ३२ कोटेश्वर तथा तीनकुने क्षेत्रको सडक तथा पेटीमा जथाभावी फोहोरमैली गरि वातावरण प्रदुषण गरेकाले ज्ञानेन्द्र शाहलाई १/१ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ । यस्तै दमकल र अग्निनियन्त्रकहरुमाथि ढुंगामुडा गरि क्षति पु¥याएकोमा १ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको छ । 
यस्तै तीनकुनेमै वातावरण प्रदुषण गरेकाले थप १ लाख जरिवानाको पत्र निर्मल निवास पठाइएको छ ।  यस्तै बालकुमारी र जडिबुटी सडक क्षेत्रमा फोहोरमैलागरि वातावरण प्रदुषण गराएको भन्दै १/१ लाख जरिवाना गरिएको छ । 

साथै तीनकुने क्षेत्रमा रहेको रुख बिरुवा, रेलिङ भत्काउने तोडफोड गरेबापत्त ४० हजार र आइल्याण्डमा तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना तोेकेको छ । 

कुन शीर्षकमा कति जरिवाना ?

  1. कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख
  2. महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  3. तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  4. जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  5. बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  6. सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  7. दमकल तोडफोड- रु १ लाख ३० हजार
  8. तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड- रु ६३ हजार

 

सबै ८ वटै पत्र आइतबार कार्यालय समयमा निर्मल निवास पठाइने महानगरले जनाएको छ । 

Mahanagar-05-1743244788.jpg

Mahanagar-04-1743244788.jpg

Mahanagar-06-1743244788.jpg

Mahanagar-07-1743244788.jpg

Mahanagar-02-1743244787.jpg

Mahanagar-03-1743244787.jpg

Mahanagar-01-1743244786.jpg

Mahanagar-0-1743244786.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका...
अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

   मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।