नेभिगेशन
मुख्य समाचार

काठमाडौँमा पहिलो पटक प्लास्टिकबाट सडक कालोपत्रे

काठमाडौँ । सूर्य नेपाल काठमाडौँमै पहिलोपटक प्लास्टिकको प्रयोग गरेर सडक कालोपत्रे गरेको छ। सूर्य नेपाल प्रालीले प्लास्टिक मिस्त्रित अस्फाल्टबाट कान्तिपथमा सडक कालोपत्र गरेको हो । 


यो अनुसन्धान परियोजनाका लागि सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्र र ग्रीन रोडले सहकार्य गरेका थिए । विभिन्न अनुसन्धानहरुले प्लास्टिक मिश्रित अस्फल्टबाट कालोपत्रे भएका सडक कम खर्चमा निमार्ण हुने, परम्परागत सडक भन्दा धेरै समय टिकाउ हुने र पर्यावरण मैत्री हुने भएकाले नमूनाकारुपमा कालोपत्रे गरेको सूर्य नेपालले जनाएको छ । 


सूर्य नेपालको सामाजिक उत्तरदायित्व अन्तर्ग सुरु भएको अनुसन्धान परियोजनाले भविष्यमा प्लास्टिकबाट बनाइने सडकहरुको मापदण्ड सेट गर्न सहयोग पुग्ने देखिएको छ । यो परियोजना सफल भएको खण्डमा नेपालमा पनि प्लास्टिकबाट निर्मित सडकहरुको निमार्णका लागि ढोका खुल्ने सूर्य नेपालीका अधिकारीहरु बताउँछन् । 


भारतमा अहिले धेरेजसो सडक प्लास्टिक अस्फल्टबाट निमार्ण हुन लागेका छन् । यसका लागि भारत सरकारले नितीनै बनाएको छ । प्लास्टिकको पुन:उपयोग गर्न सकिने, बिटुमिन आयातमा कमि आउने र पर्यावरणीय उत्थानमा सहयोग पुग्ने देखिन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका...
अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

   मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।