नेभिगेशन
मुख्य समाचार

पत्रकार सुरेश रजकको मृत्युको छानबिन गरी दोषीमाथि कारबाही गर्न पत्रकारहरुको माग

काठमाडौँ । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।  

नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । 

शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।

पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको उपस्थिती रहेको थियो । विरोधका कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उहाँका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । 

बदलिएको परिस्थितिका कारण महासङ्घ स्थापना दिवसका अवसरमा गर्न लागिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए । 

उनकाअनुसार आजै पत्रकार महासङ्घको उपलब्ध केन्द्रीय सदस्यहरूको आकस्मिक बैठक बसेर थप सङ्घर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनेलगायका कार्यक्रम महासङ्घले गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका...
अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

   मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।