नेभिगेशन
मुख्य समाचार

राजावादी प्रदर्शन प्रकरणमा १ सय १० जना पक्राउ,दुर्गा प्रसाईलाई प्रहरीले भेटाएन

काठमाडौँ । शुक्रबार भएको राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा १ सय १० जना पक्राउ परेका छन् । 


२ जनाको ज्यान जानेगरि भएको प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा आगजनी देखि तोडफोड मच्चिएको थियो । त्यसक्रममा एक जना पत्रकारसहित २ जनाले ज्यान गुमाए भने ११० घाइते भएका थिए । आन्दोलनकारीहरले १४ ठाउँमा आगजनी गरेका थिए ।

 
सोहि घटनाको अनुुसन्धानका लागि १ सय १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै सिसिटभी फुटेज र संचारमाध्यमा आएको भिडियो हेरेर थप अनुसन्धान भैरहेकाले पक्राउ पर्नेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। 
आन्दोलनमा अराजकता देखाएको आरोपमा धर्मगुरु पुष्कर खतिवडा पनि पक्राउ परेका छन् ।

यस अघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, अधिवक्ता स्वागत नेपाल लगायत पक्राउ परिसकेका छन् । तर आन्दोलनका लागि पूर्वराजाले नै जनकमाण्डर तोकेका दुर्गा प्रसाई भने फरार भएका छन् । राजा फर्काउने आन्दोलनका संयोजक नवराज सुवेदी भने घरमै नजरबन्दमा छन् ।


प्रहरीको आतातायी शैलीमा प्रहरीलाई गाडीले पेलेरै पहिलो घेरा तोड्दै अघि बढेका थिए । त्यसपछि आन्दोलन झन् उग्र भएको थियो । त्यसपछि आन्दोलस्थलबाट भागेका दुर्गा प्रसाईलाई प्रहरीले २४ घण्टासम्म पनि भेटाउन सकेको छैन । 
पक्राउ परेकाहरु मध्ये आवश्यक अनुसन्धान गरेर केहिलाइ मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका...
अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

   मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।