नेभिगेशन
सिधाकुरा विशेष

तीनकुनेमा दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीले देखाएको अराजकता ! 

काठमाडौँ । राजावादीको आन्दोलनले तीनकुने रणभूमिमै परिणत भयो । उक्त प्रदर्शनमा एक पत्रकार सहित दुई जनाले आफ्नो ज्यान गुमाए । दुर्गा प्रसाईँको नेतृत्वमा उत्रिएको भिडले जनताको घर जलाए, तोडफोड गरे । उनीहरुको दर्जनको संदख्यामा सवारी साधन जलाएका छन् । 

राजावादीहरुले तीनकुनेका सभा गर्ने अनुमति पाएका थिए । उनीहरुलाई रिंगरोडबाट भित्र पस्ने पस्ने अधिकार नै थिएन । तर अघिल्लो पटक एयरपोर्टमा भिड उतारेपछि हौसिएको राजावादीको समूह तीनकुनेमै अडिने मनस्थितिमा रहेनछ । 

तीनकुनेको सभामा बस्नुपर्ने भिड नयाँ बानेश्वरतर्फ अघि बढे । राजावादीहरुले रिङगरोडबाट भित्र पस्न सक्ने आँकलन प्रहरीले पहिल्यै गरेको थियो । त्यसकारण प्रहरी बानेश्वरतर्फ  जाने सडकमा बार लगाएर बसेको थियो । राजावादीहरु तीनकुनेबाट प्रहरीको बार तोड्न अघि बढे । 

केहीबेर त्यही प्रहरीले लगाएको बारमै घम्साघम्सी चल्यो । प्रहरीले केही राउण्ड टियर ग्यास प्रहार गर्यो । भिड तितवितर हुँदै थियो । दुर्गा प्रसाई तीनकुनेतिरबाट संसद भवनतीर अघि बढे ।  प्रहरीले उनलाई रोक्ने प्रयास गरे । तर उनी तिब्र रफ्तारमा आफैँ गाडी चलाएर गएका थिए । दुर्गा प्रसाई अघि बढेपछि प्रदर्शनमा उत्रिएका भिड झन उत्तेजित भयो । 

त्यसपछि उनीहरुले प्रहरीको घेरा तोड्न थाले । प्रहरीमाथि ढुंगाको वर्षा गराउन थाले । प्रदर्शकारीहरु अराजक हुन थालेपछि प्रहरीले सडक छेउमा रहेका घरका छतहरुबाट टियर ग्यास बर्षाउन थाल्यो । प्रहरीले प्रदर्शनकारीहरुको सभास्थलमै लक्षित गरेर अश्रु ग्यास प्रहार गर्यो ।  

प्रहरीले घरका छतबाट टियर ग्यास प्रहार गरेपछि राजावादीहरु त्यही घरमा अक्रमण गर्न थाले । सुरुमा उनीहरुले घरमा ढुंगामुडा गरे । त्यसपछि उनीहरु घरमा पसे । भित्रबाट उनीहरुले सामानहरु झार्न थाले । प्रहरीले चढेर टियरग्यास फालेको घरसँग उनीहरुको आक्रोस अझै मरेन । उनीहरुले घर धुजाधुजा पारिसकेका थिए । त्यतिले नपुगेर उनीहरुले त्यो घरमा आगजनी गरे । 


सोही घरबाट रिपोर्टिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेशको त्यही आगोमा जलेर मृत्यु भयो । यी बाहेक पनि फरक–फरक ठाउँमा फरक–फरक दृश्य छन् जसले अराजकताको हद पार गरेका छन् । 
कतै महिला सशस्त्र प्रहरीहरुलाई ढुंगामुडा, लछारपछार पारिएको छ । कतै प्रहरीको हतियार खोसिएको छ । कतै प्रहरीको टाउको फुटाइएको छ । 


उनीहरुले सञ्चारमाध्यमलाई प्रहार गरे । उनीहरुले प्रहरीको बन्दुक खोसेको फोटो खिचेको आरोपमा सिआइडी भन्दै अनलाइनखबर डट कमका पत्रकार खुट्टा भाँचिदिएका छन् । त्यस्तै  कन्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा हाने, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोडसँगै आगजनी प्रयास गरे, हिमालय टेलिभिजनको गाडीमा तोडफोड गरे । अन्य धेरै सञ्चारकर्मीमाथि हमलाको प्रयास भए । 

यही भिडमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पनि थिए । उनले यो त सुरुवात मात्रै भएको अभिव्यक्ति दिए । सुरुवातमा भिडलाई उत्तेजित पारेर भड्काएका दुर्गा प्रसाईँ भने कता गए देखिएनन् । उनी कुनबेला कहाँबाट सुटुक्क निस्के कसैले पत्तो पाएनन् । 

तीनकुनेबाट तितरवितर भएपछि केही प्रदर्शकारीहरु शहरको भित्री स्थानतर्फ बाँडिए । एउटा समूहले कोटश्वरको गणेश चोक र पेरिसडाँडामा गाडीमा आगजनी गरे । उनीहरुले कोटेश्वरको भाटभटेनी तोडफोड गरे । त्यहाँ लुटपाट उनीहरुले लुटपाट नै मच्चाए । 

उनीहरुले सिनामंगलको नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा पनि आगजनी गरेका छन् । फरक फरक ठाउँमा सवारीसाधनमा आगजनी गरेका छन् । संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलनको घोषणा गरेको थियो । उनीहरुले संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएका छन् । समितिले दुर्गा प्रसाईँलाई जनआन्दोलनको कमान्डर बनाएको छ । चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिको तयारी छ । 

समितिका संयोजक नवराज सुवेदीले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस भन्ने चाहना रहेको बताउँदै आएका छन् । 

यता गृह मन्त्रालयले तीनकुनेमा शुक्रबार भएको घटना अनुमानविपरित भएको जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरेर राजावादीहरु त्यो हद पार गर्लान भनेर आँकलन नगरिएको जनाएको छ । त्यस्तै तिनकुनेको प्रदर्शनमा उत्रिएर सार्वजनिक र नीजि सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी छ । मन्त्रालयले सो हर्कत गर्नेलाई विभिन्न प्रविधि प्रयोग गरेर खोजिरहेको र जुनसुकै हालतमा कारबाहीको दायरामा ल्याउने बताएको छ । त्यस्तै तीनकुने क्षेत्रमा भएका सबै घटनाको जिम्मेवार रहेको गृह मन्त्रालयको निष्कर्ष छ ।

दुर्गा प्रसाईँले सुरक्षाकर्मी नै मार्ने नियतले गाडि अगाडि बढाएपछि सो घटना सुरु भएको मन्त्रालयको ठहर छ । शुक्रबार भएको घटनामा २ जनाको मृत्यु भएका छ । मृत्यु हुनेमा किर्तिपुर बस्ने सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक रहेका छन् । त्यस्तै आज भएको घटनामा १५ जना प्रहरी र १५ जना प्रदर्शनकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?

ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?

के सरकारले राजावादीहरु उग्र हुन्छन् भन्ने थाहा पाएर पनि सोही अनुसारको तयारी नगरेको हो ? कि गृह मन्त्रालयले भनेजस्तै यस्तो घटना होला भन्ने अनुमान गरिएकै थिएन ? कि...
सरकारले कुलमानमाथि लगाएका १० आरोपः निर्देशन नमानेको देखि सरकारविरुद्ध बोलेकोसम्म (पूर्णपाठ)

सरकारले कुलमानमाथि लगाएका १० आरोपः निर्देशन नमानेको देखि सरकारविरुद्ध बोलेकोसम्म (पूर्णपाठ)

ऊर्जा मन्त्रालय र कुलमान घिसिङबीच भएको कार्यसम्पादन सम्झौताको दफा ९।५ अनुसार आव २०८०र८१ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन २०८१ भदौभित्र मन्त्रालयमा पेश हुनुपर्ने थियो। तर, सो समयसीमाभित्र प्रतिवेदन नबुझाइएको...
‘तिलमायाको चिहान’: २६ वर्षमै पुरिएको सपना

‘तिलमायाको चिहान’: २६ वर्षमै पुरिएको सपना

जब साँझ पथ्र्यो, उनी आमालाई खोज्थिन्, जब बिहान उठ्थिन् मोबाइलमा आमाको म्यासेन्जरमा फोन हान्थिन् । अवोध उनलाई कसैले भन्न सक्ने पनि थिएन कि, ‘अब तिम्री आमा गएको त्यो...
भर्खरै