नेभिगेशन
मुख्य समाचार

पूर्वराजा पक्षधरको अराजकता अक्षम्यः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वराजा पक्षधरको अराजकता अक्षम्य रहेको भन्दै भत्र्सना गरेको छ।

शुक्रबार साँझ पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जारीगरेको विज्ञप्तिमा आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । 

Dish Home
Global Ime Bank

विज्ञप्तिमा भनिएको छ,‘शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहे तापनि यस्तो आधारभूत मान्यताबाट पर गई आज पूर्वराजा पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनीजस्ता अक्षम्य गतिविधिहरुको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भत्र्सना गर्दछ। आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवं शान्तिपूर्णरुपमा प्रस्तुत हुन सचेत गराउँछौं।’

साथै रास्वपाले पूर्वसूचनालाई सरकारले बेवास्ता गरेको जनाएको छ । आजको आन्दोलन अराजक हुन सक्ने पूर्वसूचनाहरूका बाबजुद सरकार र गृह प्रशासन कत्ति पनि चिन्तित र तयार नरहेको घटनाक्रमहरुले देखाएको विज्ञप्तिमा उल्लेख छ।

‘आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृह मन्त्रीले नै लिनपर्छ भन्ने हाम्रो ठहर हो।’


राजावादी समूहले भक्तपुरतर्फ गइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी समेत बालकुमारीमा जलाइदिएको घटनाको पनि रास्वपाले निन्दा गरेको छ।

रास्वपाले स्थानीय प्रशासनद्वारा जारी सूचनाअनुसार आआफ्नो स्थानमा सुरक्षित र अनुशासित रहन आग्रह समेत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

 नेविसंघ पब्लिक युथ क्याम्पस एकाइ सभापति सन्तोष श्रेष्ठ र नेविसंघको एकाइ सदस्य रोहित गुरुङले तोडफोड गरेको देखिन्छ । उनीहरुले निर्वाचन भाँड्नका लागि तोडफोडमा उत्रिएको भन्दै अनेरास्ववियुले कारवाहीको माग...
राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा

राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा

सिंहदरबार भित्रै सरकार विरुद्ध  प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय...
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान...
गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन्।