नेभिगेशन
मुख्य समाचार

कोटेश्वरमा प्रहरीको गोली लागेर एक किशोरी घाइते

काठमाडौँ । कोटेश्वरको भाटभटेनी नजिकै एक किशोरीलाई गोली लागेको छ । एक प्रत्यक्षदर्शीका अनुसार घर फर्किदै गरेकी अन्दाजी १५/१६ वर्षकी किशोरीलाई गोली लागेको हो । उनको खुट्टामुनी गोली लागेको छ । उनीसँगै अन्दाजी २०/२१ वर्षका पुरुष पनि थिए । ति पुरुषलाई भने गोलीको छर्रा लागेको छ । 

ति प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अहिले कोटेश्वरको एक मेडिकलमा राखिएको छ । उनीहरु एमबुलेन्स कुरेर बसिरहेका छन् । 

अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश  जारी गरेको छ ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज अपरान्ह् ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुनेहुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र सम्म चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कुलमानबारे प्रधानमन्त्रीः कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने पदमुक्त गर्न सक्छ 

कुलमानबारे प्रधानमन्त्रीः कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने पदमुक्त गर्न सक्छ 

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङ मन्त्रीप्रति लोयल नभएको बताएका छन् । सोमबारको संसद बैठकमा कुलमान हटाएको विषयण्मा जवाफ दिदै प्रधानमन्त्री ओलीले लोयल नहुने कर्मचारीलाई हटाउन सकिने र...
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय...
यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

हिजरी पात्रो अनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

संसदको कार्यसूचि अनुसार प्रधानमन्त्री ओलीले विपक्षीदलहरुले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीदेखि शुक्रवार भएको राजावादीहरूको आन्दोलन लगायतका विषयमा संसदमा जवाफ दिने छन् । 
भर्खरै