नेभिगेशन
समाज

राजावादीको विध्वंशपछि गृहमन्त्रीले डाके सुरक्षा प्रमुख

काठमाडौँ । शुक्रबार काठमाडौँमा राजावादीहरुको विध्वंसपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा प्रमुखहरुलाई बोलाएका छन् । उनले आकस्मिक रुपमा सुरक्षा संयन्त्र डाकेका हुन् । अहिले गृह मन्त्रालयमा बैठक चलिरहेको छ । 

राजावादीको समूहले शुक्रबार काठमाडौँमा विध्वंश मच्याएको छ । तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको समूह र प्रहरीबिच झडप भएपछि उनीहरु काठमाडौँका विभिन्न सार्वजनिक एवं नीजि संरचना तोडफोडमा उत्रिएका छन् । 

उनीहरुले घर, गाडि र पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । दिउँसोदेखि भएको आन्दोलनमा दुवै पक्षका दर्जनौँ घाइते भएका छन् । 

अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले काठमाडौँका सो क्षेत्रमा कर्फ्यु लगाएको छ भने सडकमा सेन उत्रिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीनकुनेको घटनामा पूर्वराजाले दुःख समेत व्यक्त गरेनन्ः विश्वप्रकाश शर्मा

तीनकुनेको घटनामा पूर्वराजाले दुःख समेत व्यक्त गरेनन्ः विश्वप्रकाश शर्मा

महामन्त्री शर्माले भने, “सशस्त्र आन्दोलन देशमा हुँदै गर्दा स्वभाविक रुपमा हिंसाका घटना हुन्छन्, नेपाली कांग्रेसले इतिहासको कुनै कालखण्डमा हिंसात्मक सङ्घर्षको नेतृत्व गरेको थियो । उक्त विषयमा विपी कोइरालाले...
थाइल्याण्डमा प्रधानमन्त्री के के गर्नेछन् ?

थाइल्याण्डमा प्रधानमन्त्री के के गर्नेछन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । 
कुलमानबारे प्रधानमन्त्रीः कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने पदमुक्त गर्न सक्छ 

कुलमानबारे प्रधानमन्त्रीः कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने पदमुक्त गर्न सक्छ 

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङ मन्त्रीप्रति लोयल नभएको बताएका छन् । सोमबारको संसद बैठकमा कुलमान हटाएको विषयण्मा जवाफ दिदै प्रधानमन्त्री ओलीले लोयल नहुने कर्मचारीलाई हटाउन सकिने र...