नेभिगेशन
सबै कुरा

नेपाली ट्यालेन्टहरुलाई हङकङको भिसा खुल्यो, कोको जान पाउँछन् ?

हङकङ सरकारले करिब १८ वर्षपछि नेपाली ट्यालेन्टहरुका लागि लागि भिसा खुलाएको छ । अब नेपालबाट इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदारले हङकङको भिसाा पाउने छन् । साथै विद्यार्थी र बढीमा एक वर्षे तालिमका लागि पनि भिसाा खोलेको छ । तर घरेलु कामदार र अन्य कामदारका लागि भने यो लागु हुने छैन ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट)हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका थिए । प्रमुख कार्यकारी जोन लीको नीति सम्बोधनले नेपाल सहित भियतनाम र लाओसका ट्यालेन्टहरुलाई फाइद पुग्नेछ  ।

Dish Home
Global Ime Bank

जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’

हङकङमा सन् २००५ देखि नेपालीहरुका लागि घरेलु कामदार लगायतका भिसाा बन्द गरिएको थियो । त्यसपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो । त्यसयता भ्रमण भिसाामा समेत नेपालीलार्य कडाइ हुँदै आएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान...
दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन । 
सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको सबइन्जिनियर रानाले बताए।
नगर अस्पतालमध्ये देशभरिमै कटारी अस्पताल उत्कृष्ट

नगर अस्पतालमध्ये देशभरिमै कटारी अस्पताल उत्कृष्ट

प्रदेश स्वास्थ निर्देशनालयले ६/६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत मापन गर्दा देशभरीका नगर अस्पतालमध्ये पहिलो नम्बरमा कटारी अस्पताल परेको हो।