नेभिगेशन
मुख्य समाचार

गणतन्त्रवादी र राजावादीको प्रदर्शनले उपत्यकाको यातायात अस्तव्यस्त

काठमाडौँ । गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शनका कारण काठमाडौं उपत्यका भित्र यातायात प्रभावित भएको छ । 

दुवै पक्षको र्याली र सभाका कारण काठमाडौंका मुख्य सडकमा यातायात प्रभावित भएको छ । समाजवादी मोर्चा नेपालले काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गरेको सभाका कारण सो क्षेत्रमा यातायात आवागमन बन्द गरिएको छ ।

राजाबादी हरूको समुहलाई रिङ्ग रोड भित्र छिर्न नदिन बानेस्वर तिनकुनेको प्रमुख लेनमा पुलिसको बार लगाइएको छ । सर्बसाधरणलाइ भने साइडको लेन बाट हिडन दिएको छ।  शंकास्पद गतिबिधिको पनि चेकिङ भैरहेको  छ।

रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटिमण्डपको सडक पूणरुपमा बन्द गरिएको छ । त्यस्तै काठमाडौंको तीनकुने वानेश्वर , माइतिघर लगाएतका क्षेत्रमा यातायात अवरुद्ध भएको छ । 

सो क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ । जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका...
अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

   मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।