नेभिगेशन
मुख्य समाचार

एसइई दिएर फर्कने विद्यार्थीलाई काठमाडौं महानगरले पुर्‍याइदिने, यसरी सम्पर्क गर्नुहोस् 

काठमाडौं । काठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए महानगरले सहयोग गर्ने भएको छ।

शुक्रबार काठमाडौंका दुई ठाउँमा छुट्टाछुट्टै समूहले प्रदर्शन गर्दैछन्। त्यसले बिहान ११ बजेदेखि सवारी आवागमन प्रभावित हुने भएपछि महानगरले एसइईका विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने भएको हो।

 महानगरले सवारी साधन उपलब्ध नभएर गन्तव्यवमा पुग्न नसक्ने परीक्षार्थीहरूले सम्पर्क गर्न भनेर महानगर प्रहरी बलका चार जनालाई सम्पर्क व्यक्ति तोकेको छ।

बानेश्वर क्षेत्रका विद्यार्थीले नगरप्रहरी उपरीक्षक कुमार अर्याललाई ९८५१०६८०९६ मा सम्पर्क गर्न सक्नेछन्। त्यस्तै रत्नपार्क क्षेत्रका विद्यार्थीहरूले नगरप्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेलाई ९८५१०९३१७६ मा, नयाँ बसपार्क क्षेत्रकाले नगरप्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टलाई ९८५१२३३६३३ नम्बरमा र टेकु क्षेत्रमा नगरप्रहरी निरीक्षक प्रकाश पण्डितलाई ९८५१०५६३४६ नम्बरमा सम्पर्क गर्न सक्ने महानगर प्रहरी बलले जनाएको छ।

त्यस्तै हटलाइन सेवा ०१५९०१७६४ र ९८५१३५६५०९ नम्बरमा पनि त्यस्ता विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

हिजरी पात्रो अनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

संसदको कार्यसूचि अनुसार प्रधानमन्त्री ओलीले विपक्षीदलहरुले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीदेखि शुक्रवार भएको राजावादीहरूको आन्दोलन लगायतका विषयमा संसदमा जवाफ दिने छन् । 
रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा  कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन...
ईदका अवसरमा आज सार्वजनक बिदा

ईदका अवसरमा आज सार्वजनक बिदा

    इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।