नेभिगेशन
मुख्य समाचार
गणतन्त्रवादी र राजावादीको प्रदर्शनः

काठमाडौँमा गणतन्त्रवादी र राजावादीको प्रदर्शनः कस्तो छ सुरक्षा प्रबन्ध ?

काठमाडौं । काठमाडौँ उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शनमा अप्रिय घटना रोक्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रहरीले स्रोतका अनुसार पहिलो चरणमा ४ हजार बढी सुरक्षाकर्मी सडकमा खटिएका छन् भने ठुलो संख्यामा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)हरु पनि परिचालन भएका छन् । 

काठमाडौँ उपत्यका प्रहरी रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार २,५०० प्रहरी  खटिएका छन् । साथै थप प्रहरी जुनसुकै बेला पनि निस्किन तयारी अवस्थामा रहेका छन् । यस्तै साधा पोशाकमा पनि १ हजार बढी प्रहरी खटिएको सुरक्षा स्रोतले जनाएको छ । 

यस्तै करिब २ हजार सशस्त्र प्रहरी खटिएका छन् । १७ सय ५० सशस्त्र प्रहरी अहिलेनै परिचालन भइसकेका छन् भने थप बल तयारी अवस्थामा रहेको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार सुरुमा ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन भएका छन् भने थप प्लाटुन पनि तयारी अवस्थामा रहेन छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

हिजरी पात्रो अनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

संसदको कार्यसूचि अनुसार प्रधानमन्त्री ओलीले विपक्षीदलहरुले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीदेखि शुक्रवार भएको राजावादीहरूको आन्दोलन लगायतका विषयमा संसदमा जवाफ दिने छन् । 
रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा  कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन...
ईदका अवसरमा आज सार्वजनक बिदा

ईदका अवसरमा आज सार्वजनक बिदा

    इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।