नेभिगेशन
मुख्य समाचार
गणतन्त्रवादी र राजावादीको प्रदर्शन

काठमाडौँमा गणतन्त्रवादी र राजावादीको प्रदर्शनः कसका कति मान्छे आउँदै छन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले  एकै समयमा अलग अलग स्थानमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।

समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा) को नेतृत्वमाा गणतन्त्रवादीहरुले प्रदर्शनीमा मार्गमा शक्ति प्रदर्शन गर्दै छन् । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा दुर्गा प्रसाईको कमाण्डमा राजावादीहरुले तिनकुनेमा शक्ति प्रदर्शन गर्दै छन् । 

दुवै पक्षको शक्ति प्रदर्शनमा कति मानिस आउँदैछन् ?
गणतन्त्रवादी र राजावादीहरु दुवै पक्षले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट काठमाडौँमा मान्छे उतारेका छन् । भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न भन्दै समाजवादी मोर्चाले डेढ लाख बढी मानिस उतार्ने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

त्यसका लागि जनवर्गाीय संगठन तथा जिल्ला,  प्रदेश कमिटिहरुलाई पनि ३ हजार देखि १० हजार मानिस प्रदर्शनमा ल्याउन निर्देशन भएको थियो । मोर्चाको सबै दलका समर्थकहरु उपस्थित हुँदा संख्या ठुलो हुने आशामा नेताहरु देखिएका छन् । 

यता संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गर्न लागिएको राजावादीहरुको प्रदर्शनमा पनि १ लाख बढी मानिस सहभागी हुने अनुमान गरिएको राजावादी प्रदर्शनमा सक्रिय एक नेताले बताए । फागुन २५ गते पूर्वराजालाई विमानस्थलमा स्वागत गर्न आएको संख्यामा दोब्बर बनाउने प्रयास भइरहेका उनीहरुले बताए । 

समाजवादी मोर्चाले  प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले  प्रदर्शन गर्न लागिएको जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

हिजरी पात्रो अनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

संसदको कार्यसूचि अनुसार प्रधानमन्त्री ओलीले विपक्षीदलहरुले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीदेखि शुक्रवार भएको राजावादीहरूको आन्दोलन लगायतका विषयमा संसदमा जवाफ दिने छन् । 
रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा  कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन...
ईदका अवसरमा आज सार्वजनक बिदा

ईदका अवसरमा आज सार्वजनक बिदा

    इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।