नेभिगेशन
मुख्य समाचार

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक ९सइ०लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई रु ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । 

बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिए  ।
 
कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका प्रनानि खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका खड्का हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

हिजरी पात्रो अनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

संसदको कार्यसूचि अनुसार प्रधानमन्त्री ओलीले विपक्षीदलहरुले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीदेखि शुक्रवार भएको राजावादीहरूको आन्दोलन लगायतका विषयमा संसदमा जवाफ दिने छन् । 
रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा  कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन...
ईदका अवसरमा आज सार्वजनक बिदा

ईदका अवसरमा आज सार्वजनक बिदा

    इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।