नेभिगेशन
मुख्य समाचार

आजको मौसम:पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा आज राति हल्का हिमपात र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । 

लुम्बिनी प्रदेशलगायत सुदुरपश्चिमको तराईका केही भू–भागमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

हिजरी पात्रो अनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने 

संसदको कार्यसूचि अनुसार प्रधानमन्त्री ओलीले विपक्षीदलहरुले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीदेखि शुक्रवार भएको राजावादीहरूको आन्दोलन लगायतका विषयमा संसदमा जवाफ दिने छन् । 
रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

रवि लामिछाने आजबाट पार्टीमा फर्कीने, दिउँसो ३ बजे केन्द्रिय समिति बैठकमा बस्ने

मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा  कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन...
ईदका अवसरमा आज सार्वजनक बिदा

ईदका अवसरमा आज सार्वजनक बिदा

    इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।