नेभिगेशन
मुख्य समाचार

आज गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शन, बिहानैदेखि ४ हजार सुरक्षाकर्मी तैनाथ

काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन् भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा सभा गर्दै छन् । 

प्रदर्शनलाई व्यवस्थित गराउन आज विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । यसका लागि उपत्यकाका विभिन्न भागमा ४ हजारबढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  रानीपोखरी र भद्रकाली क्षेत्रमा ३ हजार प्रहरी परिचालन गरिएको छ भने अन्यस्थानमा थप ११ सय प्रहरी खटाइने नेपाल प्रहरीले जनाएको छ । 

प्रदर्शनस्थल पनि फरक फरक ताेकिएको छ । राजावादीहरुको प्रदर्शनका लागि तीनकुने कोटेश्वर क्षेत्र तोकिएको छ । उनीहरुलाई चक्रपथ भित्र प्रवेश गर्न  रोकिएको छ । यता समाजवादी मोर्चाले चक्रपथ बाहिर निस्कन पाउने छैन ।

राजसंस्था पक्षधरले कोटेश्वर र समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शनको आयोजना गरेका छन् । दुई प्रदर्शनले आज काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजवादीविरुद्ध एमालेको बाइक र्याली

राजवादीविरुद्ध एमालेको बाइक र्याली

प्रतिगमनको दुष्प्रयासलाई नकाम बनाऔँ, लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ भन्दै मोटरसाइकल र्यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले बताए ।
तिनकुनेमा अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त थिएन, आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियोः गृहमन्त्री लेखक 

तिनकुनेमा अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त थिएन, आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियोः गृहमन्त्री लेखक 

ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवं सिद्धान्तबिनाको भीडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भीर भएको बताए। “तिनकुनेमा भएको अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त केही...
रवि लामिछानेले पुनः सम्हाले सभापतिको जिम्मेवारी

रवि लामिछानेले पुनः सम्हाले सभापतिको जिम्मेवारी

 २ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि पार्टी कार्यालय फर्किएका लामिछानेलाई ठुलो सङ्ख्यामा उपस्थित भएका समर्थकले स्वागत गरेका थिए ।
दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत होः रवि लामिछाने 

दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत होः रवि लामिछाने 

उनको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको  बताए । 
भर्खरै