नेभिगेशन
बैंक वित्त

एभरेस्ट बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित

काठमाडाैँ ।  एभरेस्ट बैंकले ग्लोबल मनी विक- २०२५ को अवसर पारेर साताव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । 

बैंकले सातवटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार झण्डै ३ हजारभन्दा बढी विद्यार्थीहरू वित्तीय साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन् ।

कार्यक्रममा केही विद्यार्थीलाई बैंकको शाखासमेत अवलोकन गराई बैंकले दिने सेवासम्बन्धी जानकारी गराइएको बैंकले जनाएको छ ।

‘थिंक विफोर यु फ्लो, विज मनी टुमरो’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा युवा पुस्तामा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको थियो ।

नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष ४ चैतदेखि सप्ताहव्यापी अभियानअन्तर्गत ग्लोबल मनी विक २०२५ सञ्चालन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बैंक वित्त
एभरेष्ट बैंकद्वारा कर्पोरेट क्यालेन्डर अनावरण

एभरेष्ट बैंकद्वारा कर्पोरेट क्यालेन्डर अनावरण

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका छन् । 
आठ महिनामै थपियो करिब साढे २ खर्ब सरकारी ऋण

आठ महिनामै थपियो करिब साढे २ खर्ब सरकारी ऋण

 चालु आर्थिक वर्ष २०८१-८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ ।
सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सयमा कारोबार 

सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सयमा कारोबार 

मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ ।