नेभिगेशन
मुख्य समाचार

गैरकानुनी रुपमा पदमुक्त गरेको भन्दै कुलमानद्वारा सर्वोच्चमा रिट दर्ता

कुलमान घिसिङले सर्वोच्च अदालतका रिट निवेदन दर्ता गराएका छन् । उनले नेपाल विद्युत् प्राधिकरणबाट गैरकानुनी रुपमा पदमुक्त गरेको दावी गर्दै सर्वोच्मा रिट हालेका हुन् । 

घिसिङ आफ्नो बर्खास्तीविरुद्धको रिट लिएर बुधबार नै  सर्वोच्च पुगेका थिए ।  बुधबार ढिलोगरि अदालत पुगेका उनको रिट भने दर्ता भएको थिएन । तर आज उनको रिट दर्ता भएको छ । 

उनले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाएका छन् । सर्वोच्चले सुनुवाईका लागि भोलि पेसी तोकेको छ । 

सरकारले गत सोमबार मन्त्रिपरिषदबाट निर्णय गर्दै घिसिङलाई प्राधिकरणबाट हटाएको थियो भने हितेन्द्रदेव शाक्यलाई उनको ठाउँमा पदस्थापन गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवीन्द्र मिश्र र धवलशम्शेर राणालाई रिहा गर्न माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस (तस्विरहरु)

रवीन्द्र मिश्र र धवलशम्शेर राणालाई रिहा गर्न माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस (तस्विरहरु)

मिश्र र राणालाई शुक्रबारको प्रदर्शनपछि प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि पक्राउ परेका सबैलाई २४ घण्टाभित्र रिहा राप्रपाले अल्टिमेटम दिएको थियो । तर आइतबार उनीहरुलाई अदालत पेस गरी...
रवीन्द्र र धवलमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

रवीन्द्र र धवलमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

जिल्ला अदालत काठमाडौँले मिश्र र महामन्त्री शमशेरलाई तीनकुनेमा भएको राजावादी प्रदर्शनमा भएको घटनामा अनुसन्धान गर्न म्याद दिएको हो । 
हिरासतबाट छुटे स्वागत नेपाल 

हिरासतबाट छुटे स्वागत नेपाल 

राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् ।शुक्रबार पक्राउ परेका उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको जनाएको छ।
प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

आज पनि अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए । दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरी दिउँसो चार बजेका लागि बोलाइएको थियो ।...