नेभिगेशन
मुख्य समाचार

सरकारमा दुई दल सँगै छौँ भन्नुको अर्थ सबै कुरामा समर्थन छ भन्ने होइनः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कुलमान घिसिङलाई हटाएर सरकारले गलत गरेको दोहोर्याएका छन् । कुलमानलाई हटाउने निर्णयपछि सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका शर्माको सञ्जालमै चर्को विरोध भईरहेको छ । बिहीबार उनले संसद बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै त्यसबारे स्पष्टिरण दिएका हुन् । 

हिजो पनि हामीले अहिलेको अवस्थामा कुलमान हटाउनुहुन्न भन्दै आएका थियौँ । अहिले भनिरहेका छौँ । मार्क जुकरबर्गले फेसबुक बनाउने बेला नेपालका दुई महामन्त्रीले लेख्न पाउँदैनन् भनेका छैनन् ।’ शर्माले भने । 
त्यस्तै शर्माले पार्टीका काम कारबाहीमा महामन्त्री ठूलो हुने भएपनि सरकारको निर्णयमा महामन्त्री केही नचल्ने बताए । 

Dish Home
Global Ime Bank

उनले सरकारमा दुई दल सँगै छौँ भन्नुको अर्थ सबै कुरामा समर्थन छ भन्ने पनि नहुने बताए । ‘सरकारमा हामी हामी दुइटा दल सँगै छौँ भन्नुको अर्थ सबै कुरामा साथ हुन्न भन्ने होइन नी । सरकारले गरेको राम्रो कुरामा साथ दिने हो । ७ ओटा बुँदामा समझादारी छ ।’ उनले भने, ‘कुनै एस्तो आठौँ बुँदा छैन, जसमा कमरेड केपी ओली प्रधानमन्त्री हुनुहुन्छ र एमालेले, प्रधानमन्त्रीले गरेको कुरामा विमति राख्न पाइदैन भन्ने कुनै आठौँ बुँदा छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।