नेभिगेशन
मुख्य समाचार

खुकुरी प्रहार गरेर जेठी भाउजूको हत्या, माइला दाजु घाइते

हेटौंडा । हेटौंडामा आफ्नै देवरको खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति हेटौंडा उपमहानगरपालिका १ चौकीटोल स्थित घरको दोस्रो तलामा मृत भेटिएकी गुडिया दासको हत्या भएको पुष्टि भएको हो । 


प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार घटनामा गुडियाका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। उनलाई प्रहरीले हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको थियो ।


प्रहरीका अनुसार राहुलले आफ्ना माइला  दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए ।


हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको दास परिवारका घरायसी विवादका कारण घटना भएको देखिएको छ । मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेका छन् भने उनीहरुका तीन सन्तान रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका...
अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

   मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।