नेभिगेशन
मुख्य समाचार

उर्जामन्त्री लक्षित सुमनाको प्रश्नः ‘कहाँबाट हुन्छ यस्तो सांसद र मन्त्री ?’

काठडमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उर्जामन्त्री दीपक खड्का मन्त्री बन्न लायक नै नभएको बताएकी छिन् । बैठक स्थगित भएपछि संसद भवनबाट निस्कने क्रममा सञ्चारर्मीलाई प्रतिक्रिया दिदै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् । 

सो क्रममा लोडसेडिङ हटाएको विषयमा भारतलाई धन्यवाद दिनुपर्छ भन्ने उर्जामन्त्री दीपक खड्काको अभिव्यक्तिको कटाक्ष गरिन् । खड्काले संसदमा दिएको अभिव्यक्ति सम्झदै उनले भनिन्, ‘लोडसेडिङ हटाएकोमा भारतलाई धन्यवाद दिनुपर्छ रे । कहाँबाट आउँछ के यस्तो बुद्धि ?  कहाँबाट हुन्छ यस्तो मन्त्री ? कहाँबाट हुन्छ यस्तो सांसद ? यिनीहरु नेता बन्न लायकका मान्छे नै हैनन् ।’

Dish Home
Global Ime Bank

ढिलागरी सुरु भएको आजको संसद बैठक विपक्षी दलको अवरोधपछि आधा घण्टाको लागि स्थगित भएको थियो । विपक्षी दलहरुले कुलमान हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै उनीहरुले बैठक अवरोध गरेका थिए । त्यसपछि ३ बसेको बैठकमा पनि विपक्षी दलले अवरोध कायमै राखेपछि १४ गते बस्नेगरी बैठक स्थगित भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।