नेभिगेशन
मुख्य समाचार

आगलागी भएको सेन्टर प्लाजामा उद्धारका लागि सेनाको हेलिकोप्टर पुग्यो, १६ जनाको उद्धार

इटहरी (सुनसरी), १३ चैतः इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा भएको आगलागीमा फसेकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेको छ। अहिलेसम्म भवनभित्रबाट आगलागीमा फसेका १६ जनाको उद्धार भएको सुनसरी प्रहरीले जनाएको छ । 

भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका छन् ।

आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।  
भवन भित्र होटल वरन्डा, वरन्डा रेस्टुरेन्ट, क्युएफेक्स सिनेमा हल, सनराई बैक तथा अन्य साना पसलहरु पनि छन् । अहिले होटल तथा रेस्टुरेन्टमा रहेका  मानिसहरु आगोमा फसेको प्रहरीले जनाएको छ । 

भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथासक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पुर्याउने उद्देश्यले अहिले नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्वराजालाई जरिवाना तोक्ने निर्णय फिर्ता लिन बालेनलाई कमल थापाको आग्रह 

पूर्वराजालाई जरिवाना तोक्ने निर्णय फिर्ता लिन बालेनलाई कमल थापाको आग्रह 

यस विषयमा टिप्पणी गर्दै कमल थापाले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको...
बालेनले ज्ञानेन्द्रसँग कुन शीर्षकमा कति जरिवाना मागे? पत्रसहित

बालेनले ज्ञानेन्द्रसँग कुन शीर्षकमा कति जरिवाना मागे? पत्रसहित

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो...
पूर्वराजालाई बालेनले तिराए जरिवाना, ७ लाख ९३ हजारको  बिल निर्मल निवास पठाइयो(सबै पत्रसहित )

पूर्वराजालाई बालेनले तिराए जरिवाना, ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाइयो(सबै पत्रसहित )

 शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्याङकन गरि ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको...
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५।२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना...