नेभिगेशन
समाज

४ महिना पनि टिक्न गाह्रो परेपछि सरकारले कुलमानलाई हटायो : शक्ति बस्नेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले आफ्नो कर्तुत लुकाउन कुलमानलाई हटाएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले सरकारले सबैतिरबाट विश्वास गुमाएपछि सरकार नै नटिक्ने जस्तो अवस्था आएको र त्यसको शिकार कुलमान घिसिङ भएको बताए ।

‘सायद ४ महिना पनि टिक्न सकिन्छ भन्ने आत्मविश्वास गुमाएको कारणले होला ४ महिना अगावै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकलाई बर्खास्ती गर्ने निर्णयमा पुग्यो ।’, बस्नेतले भने, ‘क्या गज्जबको कुरा सुनिइरहेको छ, हुनुपर्ने थियो एउटा कुशल व्यवस्थापकलाई पुरस्कृत गर्ने, राम्रो काम गर्नेहरु पुरस्कृत हुन्छन भन्ने एउटा सन्देश प्रवाह गर्नुपर्ने, सबै राष्ट्रसेवकको मनोबल उँचो बनाउनुपर्ने र राष्ट्र निर्माणमा लाग्न सबैलाई उत्प्रेरित गर्नुपर्ने थियो तर सरकार उल्टो बाटो हिँडिरहेको छ ।’

Dish Home
Global Ime Bank

त्यस्तै सरकारले २ तिहाई सामथ्र्य राष्ट्रसेवकको मानमर्दनका लागि प्रयोग गरेको बताएका छन् । ‘सरकारले २ तिहाईको सामथ्र्य एक राष्ट्रसेवकको मानमर्दन गर्न, अपमानित गर्न र एउटा निश्चित सार्वजनिक संस्थानलाई तेजोबोध गर्नका लागि आफ्नो सामथ्र्य प्रयोग गरिरहेको छ ।’, बस्नेतले थपे, ‘विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विभिन्न बहानामा स्पष्टिकरणको नौटंकी रचेर आफ्नो गलत कर्तुतलाई छोप्ने दुस्प्रयास समेत भइरहेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘डिपोर्ट’ भएका थप तीन नेपाली बोकेर अमेरिकि चार्टर्ड विमान काठमाडौँमा

‘डिपोर्ट’ भएका थप तीन नेपाली बोकेर अमेरिकि चार्टर्ड विमान काठमाडौँमा

विमाननै चार्टर्ड गरेर डिपोर्ट गरिएका नेपाल ल्याइएको यो तेस्रो पटक हो । यस अघि गत फागुनमा ८ जना डिपोर्ट भएका नेपाली चार्टर्ड विमानमा काठमाडौँ ल्याइएको थियो ।
आज शिक्षकहरु आन्दोलन बिहान ९ बजेबाट १२ बजेसम्म मात्रै 

आज शिक्षकहरु आन्दोलन बिहान ९ बजेबाट १२ बजेसम्म मात्रै 

उक्त क्षेत्रमा दिउँसो १२ बजेबाट राप्रपाले प्रदर्शन गर्ने भएकाले शिक्षकको आन्दोलन बिहानमा सारिएको शिक्षक महासंघले जनाएको छ । साथै १२ बजेअघिनै आन्दोलनस्थल छोडिसक्न पनि आह्वान गरेको छ । 
सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको सबइन्जिनियर रानाले बताए।
चौध वर्षदेखि साउदीमा बेपत्ता बनाइएकी सञ्चमायाको पर्खाइमा परिवार

चौध वर्षदेखि साउदीमा बेपत्ता बनाइएकी सञ्चमायाको पर्खाइमा परिवार

“आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन”, सञ्चमायाकी छोरी सृजनाले भनिन्, “एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर...