नेभिगेशन
मुख्य समाचार

फेसबुक,ट्विटर नेपालमा सूचीकरण हुन आएनन्, ३० दिन भित्र नआए नेपालमा चल्न नपाउने 

काठमाडौं । सरकारले एक महिनाधित्र नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्महरु दर्ता नभए बन्द गराउने जनाएको छ । आज दोस्रो पटक एक सूचना जारी गर्दै सामाजिक सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले एक महिनाभित्र सरकारी निकायमा दर्ता हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा एक महिनाभित्र सुचीकृत हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्म बन्द गराउन सकिने उल्लेख गरेको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने भनिएको छ । 


सुचनामा ‘नेपालभित्र सम्पर्कबिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । 
तोकिएको समय भित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।


अहिलेसम्म नेपालमा भाइबर, टिकटक र सारांश मिडिया ल्याव प्रा.लि।.(वीटक) मात्रै सूचीकरण भै सञ्चालनमा छन् । अन्य कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म निर्देशिकाबमोजिम ३० दिनभित्र मन्त्रालयमा सूचीकरण नभए बन्द हुने छन् । 
अहिले पनि नेपालमा (ट्विटर)एक्स, मेटा कम्पनीका फेसबुक,इन्टाग्राम, ह्वाट्सएप लगायतका प्लेटफर्महरु सूचीकरण भएका छैनन् । अबको ३० दिनसम्म सूचिकरण नभए यी प्लेटफर्महरु बन्द हुने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजका कुरा: दिउँसोभरका समाचार अपडेट

आजका कुरा: दिउँसोभरका समाचार अपडेट

दिउँसोभरका समाचार अपडेट
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री ओली थाइल्यान्डमा

उनलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत...
विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

 न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुने भएको हो ।
जसले पैसा सापटी दियो उसैको हत्या !

जसले पैसा सापटी दियो उसैको हत्या !

सानैदेखिको मिल्ने साथी, व्यवसाय गर्न कठिन परेको बताएपछि साहले बाबुआमालाई थाहा नदिई अरुसँगै ऋण गरेर मण्डललाई १ लाख रुपैयाँ थमाए । मण्डलले १ महिनामा फिर्ता गर्छु भनेर मागेको...