नेभिगेशन
मुख्य समाचार

हिमाल आरोहण अनुमति सुरुः ५८ जनाले लिए अनुमति

काठमाडौँ, १३ चैतः यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् । 

    हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताउनुभयो । “यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”, उहाँले भन्नुभयो, “सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ ।”

     सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् ।

     वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी०ले ‘आइसफल डाक्टर’ खटाएको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाएको हो ।

     यस्तै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ ९डोरी टाँग्ने० कामका लागि हालै दक्ष सगरमाथा आरोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय दश शेर्पा आरोहीलाई सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नका लागि खटाएको हो । सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिनअघि सगरमाथा गएका छन् । सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको...
त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको राजीनामा स्वीकृत गरेको छैन ।
'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग बोल्दै लिङदेनले पूवराजालाई पक्राउ गरेर देखान चुनौती दिए ।
'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

२४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर आन्दोलन गर्ने उनले चेतावनी दिए । साथै लिङ्देनले तीनकुने घटना सरकारी पक्षको दमनका कारण भएको भन्दै घटनाको जिम्मेवारी सरकारलेनै लिनुपर्ने बताए ।