नेभिगेशन
मुख्य समाचार

नरैनापुरमा १७ घरगोठ जलेर नष्ट

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आज दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् । 

गाउँपालिका–४ जयरामपूर्वामा भएको आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए । 

Dish Home
Global Ime Bank

स्थानीय जुमाई खाँको घरबाट लागेको आगो नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

खरले छाएका र एक आपसमा जोडिएका घरगोठमा लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरी निरीक्षक मल्लले बताए  ।  क्षतिको  विवरण सङ्कलन भइरहेको उनले बताए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलगायतको टोली घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

विभिन्न निकायसँगको समन्वयमा आगलागी पीडितका लागि त्रिपाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताए । उनले हावाहुरीको मौसममा आगलागीको सम्भावना अत्यधिक रहेकाले सचेत रहन आग्रह गर्नुभयो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...