नेभिगेशन
मुख्य समाचार

दुई हप्ताभित्र सकारात्मक नजिता देखिने गरि काम गर्छुः हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । 

मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् । प्राधिकरणमा पुग्दा कर्मचारीहरुले शाक्यलाई स्वागत गरेका थिए । 

Dish Home
Global Ime Bank

पदभार ग्रहण गरेपछि शाक्यले आफुले न्याय पाएको बताए । यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रुपमा समाधान गर्ने जिकिर गरे । 

शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुईहप्ताभित्र केहि सकारात्मक नजिता देखिने गरि काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने बताए । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय...
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको...
सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

घटनास्थलबाट भारतिय प्रहरीले १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २...
गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

सर्वोच्च अदालत प्रसासनका अनुसार भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा शुक्रबार पूरक निवेदन परेको हो । यस अघिनै सर्वोच्चमा परेको रिटमा समावेश हुनेगरी पूरक निवेदन दर्ता भएको जनाइएको छ...
भर्खरै