नेभिगेशन
मुख्य समाचार

राप्रपाद्वारा उपत्यका केन्द्रीत आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रमहरु

राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । मंगलबार काठमाडौंमा बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

बैठकले चैत्र २६ गते काठमाडौँमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र बैशाख ७ गतेबाट राजधानी केन्द्रीत आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए । 

Dish Home
Global Ime Bank

बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको बिपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको लिङ्देनले जानकारी दिए । त्यस्तै आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको उनले बताए । 

त्यस्तै बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयप्रति विरोध प्रकट गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘डिपोर्ट’ भएका थप तीन नेपाली बोकेर अमेरिकि चार्टर्ड विमान काठमाडौँमा

‘डिपोर्ट’ भएका थप तीन नेपाली बोकेर अमेरिकि चार्टर्ड विमान काठमाडौँमा

विमाननै चार्टर्ड गरेर डिपोर्ट गरिएका नेपाल ल्याइएको यो तेस्रो पटक हो । यस अघि गत फागुनमा ८ जना डिपोर्ट भएका नेपाली चार्टर्ड विमानमा काठमाडौँ ल्याइएको थियो ।
आज शिक्षकहरु आन्दोलन बिहान ९ बजेबाट १२ बजेसम्म मात्रै 

आज शिक्षकहरु आन्दोलन बिहान ९ बजेबाट १२ बजेसम्म मात्रै 

उक्त क्षेत्रमा दिउँसो १२ बजेबाट राप्रपाले प्रदर्शन गर्ने भएकाले शिक्षकको आन्दोलन बिहानमा सारिएको शिक्षक महासंघले जनाएको छ । साथै १२ बजेअघिनै आन्दोलनस्थल छोडिसक्न पनि आह्वान गरेको छ । 
सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको सबइन्जिनियर रानाले बताए।
चौध वर्षदेखि साउदीमा बेपत्ता बनाइएकी सञ्चमायाको पर्खाइमा परिवार

चौध वर्षदेखि साउदीमा बेपत्ता बनाइएकी सञ्चमायाको पर्खाइमा परिवार

“आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन”, सञ्चमायाकी छोरी सृजनाले भनिन्, “एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर...