नेभिगेशन
समाज

वीरगंजमा प्रहरी, पत्रकार लगायतको ‘ग्याङ’बाट कुटिएका वडाध्यक्षविरुद्ध पनि पक्राउ पुर्जी जारी

पर्सा । वीरगंजमा प्रहरी, पत्रकार, वडाध्यक्ष लगायतको ‘ग्याङ’बाट कुटिएका वडाध्यक्षविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि पक्राउ पुर्जी दिएको हो । 

वडाध्यक्ष चतुर्वेदीलाई कुट्नेहरुले उनीविरुद्ध सरकारी वकिलको कार्यालय पर्सामा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । मंगलबार जिल्ला अदालत पर्साले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले सिधाकुरालाई बताए । 
‘सरकारी वलिकको निवेदनका आधारमा उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अब दुवै पक्षलाई पक्राउ गरेर सँगै अनुसन्धान अघि बढाउछौँ ।’, एसपी मिश्रले भने । 

Dish Home
Global Ime Bank

वडाध्यक्ष चतुर्वेदीमाथि कुटपिट प्रकरणमा गत १० गते प्रहरीले ७ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । वडाध्यक्षको ज्यान मार्ने उद्योगको जाहेरीपश्चात उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सो पुर्जी जारी भएपश्चात आरोपित पक्षले सरकारी वकिलमार्फत कुटिएका वडाध्यक्षविरुद्ध नै जाहेरी दर्ता गराएका हुन् । 

वडाध्यक्ष कुटिएको विषयमा आइतबार नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपका पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीहरुमध्ये नगवाका भुसाल चौरसिया पक्राउ परेका छन् भने अन्य फरार छन् । 

उनीहरु ७ जनाले फागुन २९ गते राति होलीका दिन मदिराको तालमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको सिसिटिभी भिडियो सिधाकुराले सार्वजनिक गरेको थियो । 

सिसिटिभीमा वडा अध्यक्ष चतुर्वेदीमाथि मरुणासन्न हुनेगरि कुटपिट गरेको देखिन्छ । 

सम्बन्धित समाचार :

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

सिधाकुरा प्रभावः वडाध्यक्ष कुट्ने प्रहरी, पत्रकार, वडाध्यक्ष लगायत ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

‘साहसिक प्रहरी’ बाट पुरस्कृत प्रहरीले नै रक्सी पिएर कुटे वडाध्यक्ष

वडाध्यक्ष कुटपिट प्रकरणः प्रहरी, पत्रकार र वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

वडाध्यक्ष कुटपिट प्रकरणः भुसाल चौरसिया पक्राउ

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा आज काठमाडौँको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए। नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक मृत भेटिए

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही शनिबार बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा...