नेभिगेशन
समाज

कुलमान हटाएको विरोधमा माओवादी केन्द्रका जनवर्गीय संगठनको प्रदर्शन

काठमाडौँ । कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन र मोर्चाले काठमाडौँमा प्रदर्शन गरेको छ । घिसिङलाई पदबाट हटाउने निर्णय जनविरोधी भएको भन्दै वाइसिएल लगाएतका माओवादी जनवर्गीय संगठन र मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘अध्यारोको रक्षक: कुशलको भक्षक’, ‘ओलीको सरकार बिचौलियाको मतियार’, ‘कुशल व्यवस्थापक कुलमान घिसिङलाई बर्खास्त गर्न पाईदैन’ लगायतका प्लेकार्डसहित नारावाजी गरेका थिए ।

माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दीपशिखाले वर्तमान सरकारले एकपछि अर्को जनविरोधीका काम गर्दै अघि बढेकाले सरकारबिरुद्ध प्रदर्शन गरिएको जानकारी दिए । 

कुलमानलाई बर्खास्त गरेर वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भएकाले त्यसका विरुद्ध सडकमा आउनुपरेको उनले बताए । 

उनले कुलमानको बर्खास्ती खारेजीको माग गर्दै सरकारले माग पुरा नगरे चरणबद्ध कार्यक्रमको घोषणा गरेर अघि बढ्ने चेतावनी दिए । 

उनले कुलमानकै कारण मुलुकबाट बिजुली बेच्ने अवस्था सिर्जना भएको उल्लेख गरे । दीपशिखाले राज्यले एकपछि अर्को गलत काम गर्दै गए आन्दोलन थेग्न नसक्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त

नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त

स्टुवार्ट यसअघि अमेरिकन टोलीको पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए भने अफगानिस्तान, श्रीलंका,बंगलादेशको पनि मुख्य प्रशिक्षक भएका थिए । उनी अष्ष्ट्रेलियाकै राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा नियुक्त...
तीनकुनेमा दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीले देखाएको अराजकता ! 

तीनकुनेमा दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीले देखाएको अराजकता ! 

भिड तितवितर हुँदै थियो । दुर्गा प्रसाई तीनकुनेतिरबाट संसद भवनतीर अघि बढे ।  प्रहरीले उनलाई रोक्ने प्रयास गरे । तर उनी तिब्र रफ्तारमा आफैँ गाडी चलाएर गएका थिए...
पूर्वराजा पक्षधरको अराजकता अक्षम्यः रास्वपा

पूर्वराजा पक्षधरको अराजकता अक्षम्यः रास्वपा

‘आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृह मन्त्रीले नै...
आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउ: नेकपा एमाले

आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउ: नेकपा एमाले

एमालेले शुक्रबार राजावदी प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा भएको अराजक क्रियाकलापको निन्दा गरेको गरेको छ।