नेभिगेशन
मुख्य समाचार

वडाध्यक्ष कुटपिट प्रकरणः भुसाल चौरसिया पक्राउ

काठमाडौँ । पर्साको वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने नगवाका भुसाल चौरसिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई मंगलबार पक्राउ गरेको हो । 

प्रहरीले चौरसियालाई घर नजिकैबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले सिधाकुरालाई बताए । उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ । 

Dish Home
Global Ime Bank

वडाध्यक्ष चतुर्वेदीमाथि कुटपिट प्रकरणमा गत १० गते प्रहरीले ७ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । वडाध्यक्षको ज्यान मार्ने उद्योगको जाहेरीपश्चात प्रहरीले आइतबार नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपका पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी लिएको थियो । जसमध्ये चौरसिया पक्राउ परेका छन् भने अन्य अझै फरार छन् । उनीहरूको खोजी तिव्र रहेको प्रहरीले जनाएको छ । 

आरोपित ७ जनाले फागुन २९ गते राति होलीका दिन मदिराको तालमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको सिसिटिभी भिडियो सिधाकुराले सार्वजनिक गरेको थियो । 

सिसिटिभीमा वडा अध्यक्ष चतुर्वेदीमाथि मरुणासन्न हुनेगरि कुटपिट गरेको देखिएको थियो । 

सो घटनाबारे सुरुमा उजुरी लिन नमानेको पर्सा प्रहरीले सिधाकुरामा समाचार प्रकाशन प्रसारण भएपछि भने वडाध्यक्ष चतुर्वेदीलाई आफैँ बोलाएर उजुरी दर्ता गराएको थियो ।

सम्बन्धित समाचार :

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

सिधाकुरा प्रभावः वडाध्यक्ष कुट्ने प्रहरी, पत्रकार, वडाध्यक्ष लगायत ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

‘साहसिक प्रहरी’ बाट पुरस्कृत प्रहरीले नै रक्सी पिएर कुटे वडाध्यक्ष

वडाध्यक्ष कुटपिट प्रकरणः प्रहरी, पत्रकार र वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।