नेभिगेशन
मुख्य समाचार

त्रिचन्द्र क्याम्पसमा विवादः ७ विद्यार्थी संगठनद्वारा निर्वाचन अधिकृतको राजीनामा माग

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा समन्वयनै नगरी स्ववियु निर्वाचनको मिति घोषणा गरेको भन्दै विभिन्न ७ विद्यार्थी संगठनले निर्वाचन अधिकृतको राजीनामा माग गरेको छ ।


एक संयुक्त विज्ञप्ती जारी गर्दै अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू,अनेरास्ववियू क्रान्तिकारी बहुमत,अनेरास्ववियू समाजवादी,अनेरास्ववियु छैठौं र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले विवादास्पद निर्वाचन अधिकृतले तुरुन्तै राजीनामा गरी मार्ग प्रशस्त गर्न माग गरेको हो ।


विल्नर्थी संगठनहरुले क्याम्पस प्रशासनले १२ सय फर्जीकार्ड प्रकाशन गरेर निर्वाचनलाई प्रभावित बनाएर अमुख संगठनलाई जिताउन लागि परेको आरोप लगाएका छन् ।

उनीहरुले त्यसको छानबिन नभई निर्वाचन गर्न नदिने चेतावनी दिएका छन् । विद्यार्थी संगठनहरुले तत्काल फर्जी कार्डको अनुसन्धान गरेर निक्र्यौल गरेर मात्रै निर्वाचन प्रकिया अघि बढाउन तथा सर्वदलीय बैठक बोलाएर सहमति गराएर मात्रै निर्वाचन मिति तोक्न माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको...
त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको राजीनामा स्वीकृत गरेको छैन ।
'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग बोल्दै लिङदेनले पूवराजालाई पक्राउ गरेर देखान चुनौती दिए ।
'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

२४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर आन्दोलन गर्ने उनले चेतावनी दिए । साथै लिङ्देनले तीनकुने घटना सरकारी पक्षको दमनका कारण भएको भन्दै घटनाको जिम्मेवारी सरकारलेनै लिनुपर्ने बताए ।