नेभिगेशन
सिधाकुरा विशेष

वडाध्यक्ष कुटपिट प्रकरणः प्रहरी, पत्रकार र वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पर्साको वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको घटनामा सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार आइतबार पर्सा जिल्ला अदालतले सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

प्रहरी सहित ७ जनाले आफूमाथि आक्रमण गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले शुक्रबार प्रहरीमा जोहरी दर्ता गराएका थिए । सो जाहेरीका आधारमा आइतबार नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपका पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

Dish Home
Global Ime Bank


आरोपित ७ जनाले फागुन २९ गते राति होलीका दिन मदिराको तालमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको सिसिटिभी भिडियो सिधाकुराले सार्वजनिक गरेको थियो । 
सिसिटिभीमा वडा अध्यक्ष चतुर्वेदीमाथि मरुणासन्न हुनेगरि कुटपिट गरेको देखिएको थियो । 

यसअघि उजुरी लिन नमानेको पर्सा प्रहरीले सिधाकुरामा समाचार प्रकाशन प्रसारण भएपछि भने वडाध्यक्ष चतुर्वेदीलाई आफैँ बोलाएर उजुरी दर्ता गराएको थियो ।

सम्बन्धित समाचार :

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

सिधाकुरा प्रभावः वडाध्यक्ष कुट्ने प्रहरी, पत्रकार, वडाध्यक्ष लगायत ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

‘साहसिक प्रहरी’ बाट पुरस्कृत प्रहरीले नै रक्सी पिएर कुटे वडाध्यक्ष

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार ! 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार ! 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । र हाल नागरिक उडड्ययन...
१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

ललितपुरको मंगलबजारमा नसाको सुरुमा रहेको दाजुले आफ्नै ११ वर्षीय बहिनीको हत्या गरी पानीट्यांकीमा लुकाएको घटना बाहिर आएको छ । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 
भर्खरै