नेभिगेशन
समाज

प्रकाशमान सिंहलाई बालेनको प्रश्न, ‘बालमन्दिर कहिले बचाउने हो ?’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह आफूलाई हराउन लागि परेको बताएका छन् । 

आइतबार फेसबुकमा स्टाटस लेख्दै बालेनले लेखेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला।’ बालेनले कांग्रेसको इतिहास माटोमा नमिसाउन समेत आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’

Dish Home
Global Ime Bank

साथै उनले प्रकासमान सिहंले कुरा मात्रै गर्ने, काम नगर्ने भन्दै व्यङ्ग्य समेत गरेका छन् । उनले बालमन्त्री कहिले बचाउने हो भन्दै लेखेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ?’

उपप्रधानमन्त्री सिंहकी दिदी रिता सिहं बालमन्दिरको जग्गा प्रकरणमा जोडिएकी छिन् । केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ पुर्जी जारी गरेपनि उनलाई मुद्दा नचलाउने तयारी भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्ण रुपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको छ भने भित्रिबाटोहरु पनि अस्तव्यस्ता बनेका छन् । 
सरकारको गति :  असोजमा बाढीपहिरो, सातमहिनापछि  क्षति आकलन सुरु

सरकारको गति : असोजमा बाढीपहिरो, सातमहिनापछि क्षति आकलन सुरु

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुआत गरेका छन् ।
दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन ।