नेभिगेशन
समाज

पुकार बमले पाए हार्वर्डमा फेलोसिप, नेपालको शिक्षा प्रणाली बलियो बनाउने संकल्प

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पुकार बमले हार्वर्ड विश्वविद्यालयबाट फेसोसिप पाएका छन् । बम हार्वर्ड केनेडी स्कूलको मास्टर इन पब्लिक एडमिनिस्ट्रेशन कार्यक्रममा एडवर्ड एस. मेसन फेलोको रूपमा स्वीकृत भएका हुन् । 

नेपालको विभिन्न क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका बल आफू प्रतिष्ठित संस्थाको हिस्सा बन्न पाउँदा गर्व महसुस गरेको बताउँछन् । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा पीएचडी अध्ययनरत उनी सो पढाईलाई त्यहीँ रोकेर हार्वर्ड जाने भएका छन् । त्यहाँ अध्ययन गरेर आफू नेपालको शिक्षा प्रणालीमा बलियो बनाउन फर्किने प्रतिबद्धता जनाएका छन् । ‘हार्वर्डमा अध्ययन गरेर म नेपालको शिक्षा प्रणाली बलियो बनाउन, सार्वजनिक सेवा प्रवाह सुधार गर्न, र विशेष गरी सीमान्तकृत समुदायहरूको उत्थानका निम्ति प्रभावकारी नीति निर्माणका लागि आवश्यक सीपहरू हासिल गर्नेछु।’, बमले भने । 

Dish Home
Global Ime Bank

त्यस्तै उनले त्यहाँ अध्ययन गरेर प्राप्त गरेको ज्ञानलाई नेपालको राजनीति, शिक्षा र समाज सेवाका क्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले हार्वर्ड विश्वविद्यालयमा विश्वभरका प्रख्यात प्राध्यापकहरू, नीति निर्माता, समाजमा परिवर्तन ल्याउने नेताहरू र विज्ञहरूसँग अध्ययन गर्ने अवसर पाउने छन् ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्य र केन्द्रीय कमिटि सदस्य समेत रहेका बम विवेकशील नेपाली पार्टीका संस्थापक समेत हुन् । त्यस्तै उनी रास्वपा सरकारमा रहेका बेला रास्वपाबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठको सचिवालयमा रहेर काम गरेका थिए ।  

त्यस्तै उनले भूकम्पपछिको पुनर्निर्माण तथा राहत कार्यमा नेतृत्वदायी भूमिका खेलेका थिए भने कोभिड महामारीका क्रममा देशका विभिन्न स्थानमा पुगेर उद्धार तथा राहत वितरण गरेका थिए । ‘इनफ इज इनफ’ अभियानका अभियन्ताका समेत रहेका उनले ११ दिनसम्म सत्याग्रहसमेत गरेका थिए।

त्यस्तै उनले नेपाल खुल्ला छ अभियान, बालुवाटार कब्जा अभियान, २० विभिन्न डा. गोविन्द केसी अभियान, वातावरणीय जागरूकता अभियानहरू, सम्पदा संरक्षण अभियान, नोट चल्ने भोट नचल्ने, पर्याप्त छ पर्याप्त अभियान जस्ता लोकप्रिय सामाजिक आन्दोलनहरूको नेतृत्व गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्ण रुपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको छ भने भित्रिबाटोहरु पनि अस्तव्यस्ता बनेका छन् । 
सरकारको गति :  असोजमा बाढीपहिरो, सातमहिनापछि  क्षति आकलन सुरु

सरकारको गति : असोजमा बाढीपहिरो, सातमहिनापछि क्षति आकलन सुरु

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुआत गरेका छन् ।
दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन ।