नेभिगेशन
मुख्य समाचार

मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकले ज्यान गुमाए

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।

सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको उनले बताए । लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एक पर्यटकको लेक लागेर मृत्यु भएको हो । लेक लागेर मृत्यु हुनेमा ६३ वर्षीय अमेरिकी नागरिकसमेत रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।


विसं २०८० मा १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ११ विदेशी तथा ६ नेपाली नागरिक रहेका प्रहरी निरीक्षक अधिकारीले बताए । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, स्थानीय तह, प्रदेश अस्पताललगायत सरोकारवाला निकायले लेक लाग्ने समस्या र यसको समाधान सम्बन्धी चेतनामूलक कार्यक्रम, प्रचारप्रसार र पर्चापम्प्लेट वितरण अभियान सञ्चालन गर्दैआएको छ । प्रदेश स्वास्थ्य कार्यालय, घरपझोङ र थासाङ गाउँपालिकाले पनि लेक लाग्ने समस्यासम्बन्धी वाल पेन्टिङ तथा भित्ते लेखन कार्यक्रम गरी मुस्ताङ भित्रने पर्यटकलाई सचेत गर्दैआएको छ ।

बेँसीको समथर स्थानबाट उच्च हिमाली क्षेत्रमा हतारहतार विश्राम नगरी यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ । विशेषतः समुद्री सतहबाट तीन हजार आठ सय मिटरको उचाइदेखि लेक लाग्न थाल्छ । ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त र दीर्घरोगका औषधि सेवन गर्ने पर्यटकलाई लेक लाग्ने गरेको पाइएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीले जानकारी दिए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको...
त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको राजीनामा स्वीकृत गरेको छैन ।
'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग बोल्दै लिङदेनले पूवराजालाई पक्राउ गरेर देखान चुनौती दिए ।
'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

२४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर आन्दोलन गर्ने उनले चेतावनी दिए । साथै लिङ्देनले तीनकुने घटना सरकारी पक्षको दमनका कारण भएको भन्दै घटनाको जिम्मेवारी सरकारलेनै लिनुपर्ने बताए ।