नेभिगेशन
मुख्य समाचार

हिन्दु युवाले मुस्लिम समुदायका लागि गरे इफ्तारीको आयोजना

वीरगंज । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसरमा वीरगंजका  हिन्दु युवाहरुले सामूहिक इफ्तारी कार्यक्रमको आयोजना गरेका छन् ।

आपसी भाइचारा र धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले वीरगंज आदर्शनगरस्थित बालाजी टी स्टलका सञ्चालक प्रेमकुमार गुप्ताले इस्लाम धर्मावलम्बीहरूका लागि इफ्तारको प्रबन्ध मिलाएका हुन् । 

Dish Home
Global Ime Bank

शनिबार साँझ आयोजित उक्त इफ्तारी कार्यक्रममा मुस्लिम तथा हिन्दु समुदायका उल्लेख्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। गुप्ताले फरक धर्म र संस्कृतिको सम्मान गर्दै धार्मिक सहिष्णुता कायम राख्न सानो प्रयासस्वरूप इफ्तार कार्यक्रम आयोजना गरिएको बताए ।

इफ्तारीका लागि सहभागीहरूमाझ खजुर, फलफूल, जुस, पानि, तथा अन्य पारम्परिक खाद्य सामग्रीहरूको व्यवस्था गरिएको थियो। कार्यक्रमका सहभागीहरूले गुप्ताको यो प्रयासले दुई धर्मका मानिसहरूबीचको सम्बन्ध अझ प्रगाढ बनाएको बताएका छन् ।

कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी, युवा नेताहरू, र धार्मिक अगुवाहरूको समेत उपस्थिति रहेको थियो ।

सहभागीहरूले गुप्ताको सानो प्रयासले हिन्दू९मुस्लिम एकता र भाइचारा सन्देश फैलाउन ठूलो भूमिका खेलेको बताए । धार्मिक सहिष्णुता र आपसी सद्भावको यो प्रयासले वीरगंजजस्ता बहुसांस्कृतिक र बहुधार्मिक सहरहरूमा सकारात्मक उदाहरण प्रस्तुत गरेको स्थानीयहरूले बताएका छन् ।

गुप्ताले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...