नेभिगेशन
समाज

कृषिमा प्रयोग हुने उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैनः कृषिमन्त्री अधिकारी

ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएका छन् । 

शनिबार ललितपुरमा नेपाल कृषि मेसिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभालाई सम्वोधन गर्दे मन्त्री अधिकारीले एकातिर कृषिलाई यन्त्रीकरण गर्दे जानु पर्ने आवश्यकता रहेपनि त्यस्ता यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएका हुन् । 

Dish Home
Global Ime Bank

हजाराँै, लाखौँ रुपैयाँ खर्च गरेर खरिद गरेका मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको भन्दै उनले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे । 

कृषि यान्त्रिकीकरणको प्रवद्र्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको र अव यस्ता यन्त्र उपकरण स्वदेशमै वनाउन पहल गर्न  व्यवसायीहरुलाई मन्त्री अधिकारीले आग्रह गरे । 

उनले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिदै सरकार अघि वढेको बताए । उनले आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरु निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको दावी समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्ण रुपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको छ भने भित्रिबाटोहरु पनि अस्तव्यस्ता बनेका छन् । 
सरकारको गति :  असोजमा बाढीपहिरो, सातमहिनापछि  क्षति आकलन सुरु

सरकारको गति : असोजमा बाढीपहिरो, सातमहिनापछि क्षति आकलन सुरु

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुआत गरेका छन् ।
दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन ।