नेभिगेशन
मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखनाथ र गोरखाकालीको पुजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज धार्मीक भ्रमणका क्रममा गोरखामा छन् । सो क्रममा उनले आज गोरखपुर मन्दिरमा पुजाआजा गरेका छन् । 

उनलाई मन्दिरका पुजारीहरुले स्वागत गरेका थिए । उनले गोरखनाथ, गोरखाकाली मन्दिरमा २ घण्टा लामो पुजा गरेका थिए । 

उनको स्वागतका लागि धेरै मानिसहरु जम्मा भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले धेरै वर्षपछि पुर्खाको थलोमा आउँदा खुशी लागेको बताए । उनले भने, ‘अहिले देशमा शन्ती चाहिएको छ । कसैले कसैको पनि खराब नचितावस् । मेरो कामना छ ।’ 

त्यस्तै उनले कोही पनि केही गर्नको लागि डराउनु नपर्ने बताए । उनले देशमा शन्ती छाओस् र विकास होस् भन्ने कामना पनि गरे । 

पूर्वराजाको धार्मीक भ्रमणका विषयमा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका वरिष्ठ संस्कृतिविद् गुरुङले सामाजिक संजालमा एक पोष्ट गर्दै सम्पूर्ण पूर्वराजाले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरि आफ्ना कुलदेवी गोरखकालीको दर्शन, पूजन गर्न सक्ने उल्लेख गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको...
त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको राजीनामा स्वीकृत गरेको छैन ।
'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग बोल्दै लिङदेनले पूवराजालाई पक्राउ गरेर देखान चुनौती दिए ।
'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

२४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर आन्दोलन गर्ने उनले चेतावनी दिए । साथै लिङ्देनले तीनकुने घटना सरकारी पक्षको दमनका कारण भएको भन्दै घटनाको जिम्मेवारी सरकारलेनै लिनुपर्ने बताए ।