नेभिगेशन
मुख्य समाचार

रौतहटमा गएराति परेको असिना र पानीका कारण खेतिबाली ध्वस्त

रौतहट । रौतहटमा वर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा ठूलो क्षति पुगेको छ ।

जिल्लाको चन्द्रपुर, बृन्दावनसहित उत्तरी भेगमा शनिबार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै, गहुँसहित अन्य  बालीमा बढी क्षति पुगेको स्थानीय किसान बिरेन्द्र चौधरीले बताए । चन्द्रपुर नगरपालिका वाड नं ८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको हरियो अवस्थाको मकै खेती असिनाले ध्वस्त पारेको छ । 

Dish Home
Global Ime Bank

अबको एकदुई महिनापछी घरमा भित्र्याउने बेला हुने विकासे मकै असिना पानीले नष्ट पारेको उनको गुनासो छ । मकै खेती गर्दा विरुवा छँदा गोवारो रोगले दुःख दिने गरेको गुनासो गर्दै उनले बल्ल–बल्ल हुर्काए पनि सुगा र असिना पानीबाट जोगाउन नसकिएको बताए ।

balima-kshyati-2-1742627644.jpg

तिमल्सिनाको जस्तै रौतहटका विभिन्न स्थानमा असिनापानीले मकैबाली नष्ट गरेको छ । वृन्दावन नगरपालिकाको विभिन्न गाउँमा गरिएको हिउँदे बालीमा असिना पानीले क्षति गरेको स्थानीय कृषकहरुले बताएका छन् ।

असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आँप, लिची, कटहर जस्ता बालीमा बढी क्षती गरेको कृषकहरुको भनाइ छ । आप र लिचीको मजुर फुल अर्थात बतिला (स–साना अवस्था) असिना पानीका कारण झरेर क्षती पुगेको उनीहरु बताउँछन् ।

balima-kshyati-3-1742627644.jpg


 

कृषि ज्ञान केन्द्र गौरले मकैसहित अन्य बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तीबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न बिमा गर्नु पर्ने सुझाव दिएको छ ।

असिना पानीले खपडा, फुस, टाली घर पनि क्षती पुगेको स्थानीयले बताएका छन् । हिउँदे बर्षा र असिनाका कारण ईट्टामा पनि क्षति पुगेको व्यवसायीहरु बताउँछन् । असिना पानीले गरेको क्षतिका बारेमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने कृषकहरुको माग छ ।

balima-kshyati-5-1742627644.jpg

balima-kshyati-1-1742627645.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...