नेभिगेशन
मुख्य समाचार

दलित परिवारको घर भत्काउने अध्यक्ष पक्राउ परे, छोराको धम्कीले पीडित परिवार विस्थापित

सिरहा । दलित परिवारको घर भत्काएको भन्दै सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि पीडित परिवार विस्थापित भएका छन् । 
गाउँपालिका अध्यक्षका छोरा रुकेश यादवलेले धाकधम्की कारण घर भत्काइदिएपछि बसेको टहराबाट समेत विस्थापित भएका हुन् ।

रुकेशले राति केहि महिलाहरुलाई लगेर दिपक दिपक डोमको टहरा घेर्न पुगेका थिए । 
महायज्ञ गर्ने नाममा अछुत भन्दै डोम समुदायका दिपक डोमको घरमा डोजर लगाएर उठिबास गराएको घटनामा शुक्रवार साँझ सिरहा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका नेता दिलिप यादवलाई नियन्त्रणमा लिएको थियो ।


यादवको धम्कीपछि विस्थापित परिवार अहिले औरही गाउँपालिका ४ स्थित दलित आयोगका पूर्व सदस्य कवुली पासवानको घरमा शरण  लिएका छन् । 
पीडित दिपकका अनुसार उनीहरुको धम्कीपछि बालबच्चा रातभर प्रहरी चौकीमा छाडेर श्रीमान श्रीमती ज्यान जोगाउन कवुली पासवानको घरमा पुगेका थिए । 

गाउँपालिका अध्यक्ष पक्राउ परेको लगत्तै उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुडा समेत गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको...
त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको राजीनामा स्वीकृत गरेको छैन ।
'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग बोल्दै लिङदेनले पूवराजालाई पक्राउ गरेर देखान चुनौती दिए ।
'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा 

२४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर आन्दोलन गर्ने उनले चेतावनी दिए । साथै लिङ्देनले तीनकुने घटना सरकारी पक्षको दमनका कारण भएको भन्दै घटनाको जिम्मेवारी सरकारलेनै लिनुपर्ने बताए ।