नेभिगेशन
समाज

उच्च अदालत परिसरबाट रवि लामिछाने – ‘गेट रेडी फर द रेभोलुशन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई क्रान्तिका लागि तयार अवस्थामा रहन आग्रह गरेका छन् । शुक्रबार आफूविरुद्धको काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिने क्रममा उनले सो अभिव्यक्ति दिएका हुन् । 

उनले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको बताए । उनले भने, ‘म यहि सरकारको लाज छोप्नका लागि अदालत धाइरहेको छु । यो सरकारको लाज छोप्नु छ । ठाउँठाउँमा पुग्नुपर्ने छ । समय आउँदैछ चाँडै नै । म सबैलाई तयार रहनका लागि भन्न चाहान्छु, गेट रेडी फर द रेभोलुशन ।’
 

Dish Home
Global Ime Bank

त्यस्तै लामिछानेले यो देशको भविष्य युवाहरुको हातमा आउँदै गरेको र यो गम्भिर हुने समय रहेको बताए । ‘यो देशको भविष्य, मेरो पुस्ताको, तपाईँ हाम्रो पुस्ताको हातमा आउँदै छ । त्यही भएर यो एकदमै गम्भिर हुने बेला हो । यो २ तिहाईको सरकारले देशका तमाम समस्या समाधान गर्नुपर्ने थियो नि त  । उसले के बाचा गरेको थियो ?’, लामिछानेले थपे, ‘म एउटै कुरा स्मरण गराउँछु, मैले संसदमा के भनेको थिएँ भने, जब २ वटा ठूला राजनीतिक दलहरु बिना कुनै विषम परिस्थितिबिना मिल्छन् भने यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ भन्ने तपाईँहरुलाई थाहा छ भने मैले भनेको थिएँ नि, अहिले म तपाईँलाई त्यही स्मरण गर्न अनुरोध गर्छु ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।” उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी...
राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

तीनकुने घटनामा संलग्न भएको आरोपमा गत चैत १५ मा राणा पक्राउ परेका राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि प्रहरीले प्रक्रिया नपुगेको भन्दै रिहा गरेको थिएन । 
सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने बताएका छन् । 
हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरले नै तोक लगाएको विषयको चौतर्फी विरोध सुरु भएको छ ।