नेभिगेशन
समाज

जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा रवि लामिछानेको निवेदन

काठमाडौँ । जिल्ला अदालत काठमाडौँको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका छन् । शुक्रबार आफ्ना कानुन व्यवसायीसहित अदालत पुगेका लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गरेका हुन् । 

यस अघिनै जिल्ला सरकारी वकिलको कार्यालय पाटनले रवि लामिछानेलाई थुनामा राख्नु पर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएको थियो । सरकारी वकिल कार्यालय नै उच्च अदालतमा गएपछि लामिछानेले पनि जिल्लाको आदेश विरुद्ध निवेदन दिएका हुन् । माघ २८ गते उच्च सरकारी वकिलको कार्यालयले पाटनमा निवेदन दर्ता गराएको थियो । सरकारी वकिलले लामिछानेलाई थुनामा राख्न माग गरेका थिए  । 

Dish Home
Global Ime Bank

लामिछानेले पनि काठमाडौँ जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी लामिछानेले निवेदन दर्ता गराएका हुन् । लामिछानेले दफा ७३ बमोजिम निवेदन दर्ता गराएका हुन् ।

गत माघ २ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ६० लाख रुपैयाँको बैंक ग्यारेन्टी पेश गरेर लामिछाने रिहा भएका थिए । 

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।” उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी...
राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

तीनकुने घटनामा संलग्न भएको आरोपमा गत चैत १५ मा राणा पक्राउ परेका राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि प्रहरीले प्रक्रिया नपुगेको भन्दै रिहा गरेको थिएन । 
सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने बताएका छन् । 
हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरले नै तोक लगाएको विषयको चौतर्फी विरोध सुरु भएको छ ।