नेभिगेशन
मुख्य समाचार

एसईईमा चिटः परीक्षा निरीक्षक सहित दुई जना पक्राउ, ४ सय २४ वटा मोबाईल जफत

सप्तरी जिल्लाको एसईई परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने दुई जना केन्द्राध्यक्ष र रौतहटमा एकजना परीक्षा निरीक्षक सहित दुई जनालाई पक्राउ गरिएको छ । 

मधेश प्रदेशको रौतहट जिल्लाको यमुनामाई गाउँपालिका स्थित श्री यमुनामाई माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रमा पैसा लिई चिट चोर्न सहयोग गरेको आरोपमा एकजना परीक्षा निरीक्षक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Dish Home
Global Ime Bank

सोही परीक्षा केन्द्रका परीक्षा निरीक्षक र मौलापुर–५ को श्री लक्ष्मिनियाँ मावि परीक्षा केन्द्रमा बाहिरबाट चिट पठाउने एकजनालाई पक्राउ गरिएको हो । रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायका अनुसार पक्राउ परेका दुवैले परीक्षाको पहिलो दिन पैसा लिएर परीक्षार्थीहरूलाई चिट उपलब्ध गराउने उद्देश्यले परीक्षा हलमा मोबाइल लुकाएर प्रवेश गराएका थिए । प्रहरीले रौतहटका विभिन्न परीक्षा केन्द्रमा चेकजाँच गर्दै परीक्षार्थीहरूले शरीरमा लुकाइछिपाई ल्याएका ४ सय २४ वटा मोबाइल बरामद गरेको छ । पक्राउ परेका माथि परीक्षाको मर्यादा भंग गरेको आरोपमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला परीक्षा सुरक्षा समितिका अध्यक्षसमेत रहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वमा खटिएको अनुगमन टोलीले दुईवटा केन्द्राध्यक्षलाई कार्वाही गरेको जनाएका छन् । विष्णुपुर गाउँपालिका स्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरका केन्द्राध्यक्ष र हनुमाननगर कंकालिनी नगरपालिकास्थित महावीर माध्यमिक विद्यालय हनुमाननगरका केन्द्राध्यक्षलाई कारबाही गरिएको हो ।

विष्णुपुरमा एउटा कोठामा एकै विद्यालयका परीक्षार्थी राखेर परीक्षा दिलाइरहेको पाईएपछि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र ६ जना निरीक्षकलाई कारबाही गरिएको प्रजिअ दाहालले बताए । यसैगरी हनुमाननगरमा केही कक्षाकोठाबाट १० वटा प्रश्नको उत्तरसमेत लेखिएको चिट बरामद भएपछि केन्द्राध्यक्ष, २ जना सहायक केन्द्राध्यक्ष र १५ जना निरीक्षकलाई कारबाही गरिएको हो ।

उनीहरुलाई कारवाही गर्न शिक्षा विकास तथा समन्वय इकाइमा लेखेर पठाइसकेको र नयाँ केन्द्राध्यक्षसमेत तोकिएको छ । 

यस वर्ष सप्तरीमा ९० सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालय गरि १ सय ४२ विद्यालयका ८ हजार ७ सय १५ विद्यार्थी एसईईमा सहभागी भएका छन् । जसमा साधारण तर्फबाट ७ हजार ८ सय ४८, प्राविधिकतर्फ ३ सय ९ र ग्रेडबृद्धि तर्फबाट ५ सय ५८ विद्यार्थी छन् । परीक्षाका लागि ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

पर्सा जिल्लाको २९ परिक्षा केन्द्रमा संचालित परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरि राउत कुर्मीले जानकारी गराएका छन् । 

एसईई परिक्षाको पहिलो दिन बिहिबार अङ्ग्रेजी विषयको परिक्षा ७० सामुदायिक तथा ७५ संस्थागत विद्यालयका ९ हजार ५ सय ३१ विद्यार्थी सहभागि भएको प्रमुख कुर्मीले जानकारी दिए । उनका अनुसार ११ हजार ४ सय १३ विद्यार्थीले एसईई परिक्षाको फारम भरेपनि ९ हजार ५ सय ३१ मात्र विद्यार्थी पहिलो दिनको परिक्षामा सहभागि भएका छन् । बाँकी एक हजार ८ सय ८२ परीक्षार्थीहरू अनुपस्थित भएका थिए ।

यसैगरी ५ जना परिक्षार्थीहरु वीरगंज कारागारबाट र ५ जना परिक्षार्थीहरु बाल सुधार गृह वीरगंजबाट एसईई परिक्षा दिइरहेको प्रमुख कुर्मीले बताए । पर्सामा एसईई परिक्षाको पर्साका प्रमुख जिल्ला अधिकारी -सिडिओ_ गणेश अर्यालय लगायतको अनुगमन टोलीले अनुगमन गरेको छ । 

यसैगरी बारामा पनी शान्तिपूर्ण वातावरणमा एसईई परीक्षा भएको छ । बारामा एसईई परिक्षालाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल अनुगमन समितिसहित १३ उप–अनुगमन समिति गरि १४ अनुगमन समिति खटिएको थियो ।

मधेशकाे अन्यत्र जिल्ला सर्लाही, धनुषा, महोतरी, सिरहामा समेत समान्य केहि चिटचोर्ने बाहेक शान्तिपुर्ण रुपमा एसईई भएको जनाएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

वन व्यवस्थापन गर्ने एकल अधिकारको सूची प्रदेशको छ भने राजस्वको ठूलो हिंसा प्रदेशले पाउनुपर्ने उनको तर्क छ । तर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत फागुनमा रोयल्टी...
युएईका उपप्रधानमन्त्री काठमाडौँमा, द्विपक्षीय वार्ता आजै

युएईका उपप्रधानमन्त्री काठमाडौँमा, द्विपक्षीय वार्ता आजै

युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको   प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्याङ्क विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् । 
आजको मौसमः देशभर सफा रहने पूर्वानुमान

आजको मौसमः देशभर सफा रहने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
भर्खरै