नेभिगेशन
समाज

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

काठमाडौँ । ट्राफिक प्रहरीले बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ ।

दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमित रूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख वीरेन्द्र विश्वकर्माले कार्यक्रमअन्तर्गत चालकहरूलाई ट्राफिक नियम, सुरक्षा मापदण्ड तथा जिम्मेवार रूपमा सवारी सञ्चालनबारे जानकारी दिइने बताए। “दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्राको सुनिश्चितताका लागि यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । 

चालकहरूले जिम्मेवार भएर  नियमअनुसार सवारी सञ्चालन गरे दुर्घटनाको सम्भावना निकै कम हुन्छ । हामीले हरेक हप्ता यस्तै विषयमा सचेतना फैलाउने गरी यो कार्यक्रम सुरु गरेका छौँ”, उनले भने, “कार्यालयले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउँदै लैजाने योजना बनाएको छ ।” 

कार्यक्रममा सहभागी चालकहरूले पनि यस्ता जानकारीमूलक प्रयासहरू उपयोगी रहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नशालु पदार्थ सेवन गराई किशोरीलाई बलात्कार गर्ने आराेपित पक्राउ

नशालु पदार्थ सेवन गराई किशोरीलाई बलात्कार गर्ने आराेपित पक्राउ

पीडित किशोरीको मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि भएको छ । किशोरीले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकि छन् । घटना...
कुलमान बर्खास्तबारे प्रधानमन्त्रीको जवाफः ‘एउटा हटायो अर्को नियुक्त गर्यो, सिध्यो’

कुलमान बर्खास्तबारे प्रधानमन्त्रीको जवाफः ‘एउटा हटायो अर्को नियुक्त गर्यो, सिध्यो’

प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एउटा कर्मचारी निकाल्यो अरे । ठूलो घाटा परेछ कसैलाई छाति पिटी पिटी रोएका छन् । त्यसको विधि अर्को हो नी ? संसद बन्द गर्या...
उर्जामन्त्री लक्षित सुमनाको प्रश्नः ‘कहाँबाट हुन्छ यस्तो सांसद र मन्त्री ?’

उर्जामन्त्री लक्षित सुमनाको प्रश्नः ‘कहाँबाट हुन्छ यस्तो सांसद र मन्त्री ?’

खड्काले संसदमा दिएको अभिव्यक्ति सम्झदै उनले भनिन्, ‘लोडसेडिङ हटाएकोमा भारतलाई धन्यवाद दिनुपर्छ रे । कहाँबाट आउँछ के यस्तो बुद्धि ?  कहाँबाट हुन्छ यस्तो मन्त्री ? कहाँबाट हुन्छ यस्तो...
भर्खरै