नेभिगेशन
मुख्य समाचार

ढुक्क हुनुहोस् लोडसेडिङ हुँदैन, हल्लाको पछि नदौडिऔँः कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा अब लोडसेडिङ रोक्न नसकिने भन्दै राष्ट्रिय सभामा दिएको अभिव्यक्तीको नेपाल विद्युत प्राधिकरणले खण्डन गरेको छ । मन्त्रीको भनाई बाहिरिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका हुन् । 


कार्यकारी निर्देशक घिसिङले भने सबै पावरप्लान्टहरु रातिमा चल्ने र दिउँसो भारतबाट बिजुली आयात भैरहेकाले लोडसेडिङ नहुने दाबी गरेका हुन् । उनले भने ‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन। उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले लोडसेडिङ नहुनेमा ढुक्क हुन आग्रह गरे । 

कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरु राति चल्ने भएकाले लोडसेडिङ हुने हल्लामा नदौडिन पनि उनले आग्रह गरे । 

उर्जा मन्त्री खड्काले भने राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अब लोडसेडिङ रोक्न कसैले नसक्ने जवाफ दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मुख्य समाचार
प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष,  CCTV फुटेजसहित

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

सिधाकुरासँगको कुराकानीका क्रममा वरिष्ठ सई राणााले आफूले गर्न नहुने गल्ती गरेको भन्दै माफी मागे । ‘सर मबाट गल्ती भयो। म वडाध्यक्षज्यूको खुट्टा समाएर माफी माग्न बिदा मिलाउँदैछु’, वरिष्ठ...
सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले...
विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

आज अपराह्न प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेका हुन् ।  जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी...