नेभिगेशन
समाज

गगन थापाको आश्वासन, ‘नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ’

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताएका छन् । 

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा आज दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताए । 

Dish Home
Global Ime Bank

उनले भने, “आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ । जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ ।”

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि सङ्गठनले गर्न नसक्ने उनको भनाइ छ । “सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा उ दण्डनीय हुन्छ र सजाय भोग्नुपर्छ,” महामन्त्री थापाले भने । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको असन्तुष्टि मेटाउने काम गर्न केन्द्रबाटै लाग्न आवश्यक रहेको बताए । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा गुटबन्दीको विषय मुख्य बनेकाले सबै जिम्मेवार हुनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

दोषी उपर कारबाहीको लागि आवश्यक प्रक्रिया सुरूआत गर्न माग गर्दछौं। अन्यथा जनताको विश्वासीलो शक्तिको आधारमा सडक र सदनबाट यस विषयलाई कार्यान्वयनका लागि थप दबाबका कार्यक्रम गरिने जानकारी गराउँदछौं,’...
‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: प्रचण्ड

‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: प्रचण्ड

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए । 
राप्रपाका राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबाटै प्रहरी नियन्त्रणमा

राप्रपाका राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबाटै प्रहरी नियन्त्रणमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता  ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ ।
राप्रपाका नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा छलफल गर्दै

राप्रपाका नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा छलफल गर्दै

यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरुलाई रोक्न प्रहरी संसदीय दलको कार्यालय पुगेको र आफूहरुलाई बन्दी बनाउने प्रयास भएको भन्दै फेसबुक लाइभ गरेका थिए ।