नेभिगेशन
मुख्य समाचार
साइबर क्राइम

युवतीको अन्तरङ्ग भिडियो परिवार र आफन्तको म्यासेन्जरमा पुगेपछि...

काठमाडौं । प्रेममा रहँदाका अन्तरङ्ग सम्बन्धका गोप्य तस्बिर तथा भिडियो रेकर्ड गरि मनमुटाउ पछि चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायले एक महिलालाई फेसबुकमा साथी बनाएका थिए । प्रहरीका अनुसार रायले महिलासँग भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू गोप्य रूपमा रेकर्ड गरी राखेका थिए । उनीहरुको सम्बन्धमा आपसी मनमुटाउ आएपछि ति तस्बिर तथा भिडियो महिलाका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाउने गरेका थिए । 

यसरी ती युवकले आफ्नो चरित्र हत्या गरेको भन्दै पीडित महिलाले साइबर ब्यूरोमा उजुरी दिएक थिइन् । उनको उजुरीपछि रायलाई पक्राउ गरि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप लिई प्रहरीले अनुसन्धान थालेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मुख्य समाचार
प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष,  CCTV फुटेजसहित

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

सिधाकुरासँगको कुराकानीका क्रममा वरिष्ठ सई राणााले आफूले गर्न नहुने गल्ती गरेको भन्दै माफी मागे । ‘सर मबाट गल्ती भयो। म वडाध्यक्षज्यूको खुट्टा समाएर माफी माग्न बिदा मिलाउँदैछु’, वरिष्ठ...
सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले...
विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

आज अपराह्न प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेका हुन् ।  जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी...