नेभिगेशन
मुख्य समाचार

कुलमानका कारण लोडसेडिङ हटेको होइन, साँझको समय घरमै लोडसेडिङ हुने अवस्था छः उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । 

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिव हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् । 

Dish Home
Global Ime Bank

मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिएपनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे । भारतबाट विद्युत आयात गरेर धान्न सक्ने अवस्था अव नरहेको उनको भनाइ छ ।

मन्त्री खड्काले बर्षायाममा उत्पादित ३५ सय मेगावाट मध्ये विधुत प्राधिकरणले ७ सय मेगावाट विद्युत मात्र उत्पादन गरेको र बाँकी सवै विद्युत निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिए । 

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे । 

उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको बिषयमा पनि सत्यता नरहेको जिकिर गरे । उनले चमेलियामा काम गरेको पैसा नतिरेका कारण विधुत प्राधिकरणको बैंक खाता रोक्का भएको बताए । बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफुले आवश्यक कागजात माग गरेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।