नेभिगेशन
समाज

नेप्से निरन्तर ओरालोतिर, बुघबार १४ दशमलव ८८ अङ्कले घट्यो

काठमाडौँ ।  शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ ।

आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले घटेर दुई हजार छ सय ८२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको ९५ लाख ८३ हजार आठ सय २९ कित्ता शेयर ५४ हजार छ सय २२ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार बराबरको कारोबार भएको हो ।    

आजको कारोबारमा होटल तथा पर्यटन, म्युचल फण्ड र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेका छन् । होटल तथा पर्यटन शून्य दशमलव १०, म्युचल फन्ड शून्य दशमलव ०३ र व्यापार समूहको उपसूचक शून्य दशमलव ६० प्रतिशतले बढेको आजको बजारमा अरु सबै समूहका उपसूचक घटेका छन् ।
 
बैंकिङ समूह शून्य दशमलव ५६, विकास बैंक शून्य दशमलव १३, वित्त एक दशमलव ५३, जलविद्युत् शून्य दशमलव ६७, लगानी शून्य दशमलव ४९ र जीवन बिमा समूह एक दशमलव ४८ प्रतिशतले घटेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ ।      


आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव २० प्रतिशतले घटेको छ ।    

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु २९ करोड ६७ लाख ३२ हजार ६८२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ३५ हजार छ सय २५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?

ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?

के सरकारले राजावादीहरु उग्र हुन्छन् भन्ने थाहा पाएर पनि सोही अनुसारको तयारी नगरेको हो ? कि गृह मन्त्रालयले भनेजस्तै यस्तो घटना होला भन्ने अनुमान गरिएकै थिएन ? कि...
ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको...
त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको राजीनामा स्वीकृत गरेको छैन ।